परिसरमा बोहरा र महाशाखामा केसीलाई ल्याउने तयारी


काठमाण्डु– प्रहरी प्रधान कार्यालयले काठमाण्डौं प्रहरी परिसर र अपराध महाशाखामा नयां एसएसपी पठाउने तयारी गरेको छ । प्रधान कार्यालयले परिसरमा एसएसपी भरत बोहरा र महाशाखामा विष्णु केसीलाई पठाउन लागेको हो ।

परिसर र महाशाखा प्रमुख सुदिप गिरी र बसन्त कुवरको डिआईजीमा बढुवा भएपछि बोहरा र केसीलाई उक्त ठाउंमा जिम्मेवारी दिन लागिएको हो ।
उनिहरु दुवै जना प्रहरीमा व्यवसायीक अधिकृतका रुपमा चिनिन्छन् । दुवै जना डिआईजी बढुवाका लागि दावेदार भएपनि बढुवाको सूचीमा भने पर्न सकेनन् ।

प्रहरीको डिआईजी बढुवामा उनिहरु भन्दा जुनियर एसएसपीहरु बढुवाको सूचीमा अघि आएका थिए । तर,केसी र बोहरा भने वरियतामा अघि हुंदा हुंदै बढुवा हुन असफल भएका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement