प्रहरीको गाडी दुर्घटना, ६ जना प्रहरीसहित ११ जना घाइते


रौतहट – रौतहट जिल्लाको चन्द्रनिगाहपुरमा प्रहरीको गाडी दुर्घटना भएको छ । दुर्घटनामा ६ जना प्रहरीसहित ११ जना घाइते भएका छन् ।

इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट थुनुवा लिएर जिल्ला अदालत गौर जाँदै गरेको ना१झ ५३८९ नम्बरको गाडी चन्द्रनिगारपुर सडक खण्डमा पर्ने बालचनपुर भन्ने ठाउँमा अनियन्त्रीत भइ दुर्घटना भएको प्रहरीले जनाएकाे छ ।

गाडी दुर्घटनामा परी ६ जना प्रहरी जवानहरू र ५ जना थुनुवा घाइते भएको प्रहरीले जनाएको छ । घाइतेमध्ये २ जना प्रहरी जवान र २ जना थुनुवा गम्भीर घाइते भएका छन् । गम्भीर घाइते हुने प्रहरी जवानहरूमा अजय यादव र सञ्जय कार्की रहेका छन् । उनीहरूको चन्द्रनिगाहरपुरस्थित चन्द्रपुर अस्पलतामा उपचार भइरहेको छ ।

यस्तै, गम्भीर घाइते भएका २ जना थुनुवाहरू रमेश कुमार चौधरी र निर्मल शाहलाई थप उपचारका लागि वीरगंज लगिएको छ । बाँकी ३ जना थुनुवाहरूको परिचय खुल्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस
Advertisement