सुनसरी घटनमा सुरक्षा निकायबाट प्रयोग भएको भनिएका हतियार परीक्षण गरिने

सुनसरी घटनमा सुरक्षा निकायबाट प्रयोग भएको भनिएका हतियार परीक्षण गरिने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सुनसरीको देवानगञ्जमा भएको घटनामा सुरक्षा निकायबाट प्रयोग भएको भनिएका हतियार परीक्षण गरिने भएको छ ।

देवानगञ्नमा दुई समूहबीच भएको झडपमा प्रहरीको गोली लागेर दुई जनाको मृत्यु भएकोे भनिएको घटनामा प्रयोग भएका हतियार परीक्षणका लागि नेपाल प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशाला पठाइएको हो ।

घटनामा सुरक्षा निकायबाट प्रयोग भएको भनिएका हतियार (२ नाल एसएलआर, १ नाल चाईनिज पेस्तोल) सहित खोकाहरू थप परीक्षणको लागि विधि विज्ञान प्रयोगशाला पठाइएको हो ।