काठमाण्डु– सरकारले राजनीतिक दलहरूलाई राज्यकोषबाट अनुदान दिने तयारी गरेको छ ।
संघीय संसदका दुवै सदनको बैठकमा आगामी आर्थिक वर्ष २०८३÷०८४ को अनुमानित आय तथा व्यवयको विवरण प्रस्तुत गर्दै अथर्मन्त्री डा. स्वर्णिम वाग्लेले उक्त घोषणा गरे ।
राष्ट्रिय मान्यता प्राप्त दलहरुलाई राज्यकोषबाट अनुदन दिने विषयमा बारे बहस गरिने उनले बताए ।
राजनीतिक दलहरूले पछिल्लो निर्वाचनका क्रममा प्राप्त गरेको मतका आधारमा राज्यकोषबाट अनुदान दिने अवधारणा उनले सुनाए ।
अनुदान रकमको महालेखा परीक्षक कार्यालयबाट लेखापरीक्षण गरिने जानकारी उनले दिए ।




प्रतिक्रिया