बलात्कारीलाई गोली ठोक्ने ‘सिङ्घम’ अफिसर


नयाँ दिल्ली – हैदराबादको बहुचर्चित बलात्कार काण्डका सबै चार अभियुक्तलाई प्रहरीले मारि दिएको छ ।

प्रहरीले यसलाई मुठभेड भएको बताए पनि अभियुक्त प्रहरी हिरासतमै भएको बीबीसी हिन्दीले जनाएको छ । जहाँ महिला डाक्टरको जलेको शव बरामद भएको थियो, सोही स्थानमा उनीहरुलाई मारिएको दावी गरिदै आएको छ ।

हैदराबाद प्रहरीका अनुसार अभियुक्तहरुलाई त्यहाँ सीन क्रिएसनका लागि लगिदै थियो र सोही अवधिमा ती सबैले प्रहरीमाथि हमला गरेका थिए । त्यसैले कारबाही गर्नु परेको भनाई प्रहरीको रहेको छ ।

१० वर्षमा हैदरावाद प्रहरीले यसलाई तेस्रो इन्नकाउन्टर भएको बताएको छ । जसमा माओवादीलाई समावेश गरिएको छैन । यो भन्दा पहिले २००८ र २०१५ मा पनि प्रहरीले इनकाउन्टर गरेको थियो ।

२००८ र शुक्रबार विहानको घटना धेरै मिल्दोजुल्दो देखिएको छ । २००८ मा प्रहरीले तेलंगानामा पनि प्रहरीले यसै किसिमबाट सीन क्रिएसनको समयमा एसिड आक्रमणका तीन अभियुक्तलाई मारेको थियो । उक्त घटनामा पनि अभियुक्तहरुले प्रहरीमाथि हमला गरेको र बचाउको लागि कारबाही गरिएको प्रहरीले जनाएको थियो ।

साइबराबादको प्रहरी कमिसनर भीसी सज्जनारले हैदराबादको घटना पनि हेरेका थिए । प्रहरीको दावी छ कि सनसनीखेज एसिड आक्रमणका तीन अभियसुक्तले प्रहरीमाथि बन्दुक र चक्कु लिएर हमला गरेका थिए ।

प्रहरीका अनुसार २००८ का एसिड आक्रमण काण्डका तीन अभियुक्तलाई सोही स्थानमा लगिएको थियो, जहाँ उनीहरुले घटनाको समयमा प्रयोग गरेको मोटरसाइकल लुकाएर राखेका थिए ।

प्रहरीले अभियु्क्तलाई मोटरसाइकल भएको ठाउँमा लगेपछि उनीहरुले त्यहाँ लुकाएर राखिएको बन्दुक तथा चक्कु लिएर प्रहरीलाई आक्रमण गरेका थिए । प्रहरीले आफ्नो बचाउका लागि जवाफी कारबाहीमा उनीहरु मारिएको दावी गरेको छ ।

यद्यपि सोसल मिडियामा मानिसले सज्जनारलाई हिरो बनाएका छन् भने केहीले उनको कार्य प्रणालीमाथि सवाल खडा गरेका छन् । २००८को इनकाउन्टरको घटनामा पनि सज्जनार स्वंम समावेश थिए । भीसी सज्जनार इनकाउन्टर विशेषज्ञको रुपमा चिनिन्छन् । उनलाई अहिले सिङ्घम प्रहरी अफिसर भन्दै प्रशंसा गर्न थालिएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement