नेटोको नयाँ सत्रु चिनियाँ कम्युनिस्ट पार्टि : पोम्पियो


एजेन्सी – ट्रम्प बिरुद्धको महाअभियोगको प्रस्तावमा सुनुवाई हुने निश्चित भएपछिको अवस्थामा अमेरिकी विदेश मन्त्री माइक पोम्पियाेले चीनको कम्युनिस्ट पार्टिको प्रतिकार गर्नका लागि नेटोको लक्ष्य सुदुर पूर्व भएको बताएका छन् ।

नेटाको विदेश मन्त्रीहरुका बैठकमा बोल्दै उनले भने, ‘हाम्रो गठबन्धनले चिनियाँ कम्युनिस्ट पार्टिबाट आएको हालको र सम्भावित दीर्घकालिन खतरालाई सम्बोधन गर्नु आवश्यक छ ।’ नेटोका मुलुकहरु आफुबीच रहेको आधारभूत मतान्तर र विश्वास तथा चिनियाँ कम्युनिस्ट पार्टिको बारेमा बेवास्ता गर्न नहुने उनले बताए । उनले शीत युद्धमा नेटोको विजयको बारेमा बताउदै चीन बिरोधी गतिविधिलाई अगाडि बढाउनु पर्ने बताए ।

तर ब्रसेल्समा भेला भएका पत्रकारहरु मध्ये कसैले पनि चीनको बारेमा सोधेका थिएनन् । उनीहरु महाअभियोगसँग सम्बन्धित विषयमा जिज्ञासु रहेका थिए । नेटोको पुनर्संरचनाको बारेमा फ्रेन्च र जर्मनी प्रस्तावको बारेमा सोधिएको प्रश्नमा पनि उनले बेइजिङकै प्रशंगलाई उठाएका थिए ।

यो महिनाको सुरुमा फ्रान्सेली राष्ट्रपति इमानुयल म्याक्रोले नेटो ‘ब्रेन डेड’ भएको तर्क राखेका थिए र युरोपका मित्रहरुको रक्षा गर्ने विषयमा अमेरिकी प्रतिबद्धताको बारेमा सवाल गरेका थिए । नेटोको सट्टामा फ्रान्सेली राष्ट्रपतिले ईयूले आफ्नो संप्रभुताका लागि आफ्नै सैन्य संप्रभुतामा काम गर्नुपर्ने बताएका थिए ।

नेटोले आफ्नो मिसनलाई १९८९ मा शीतयुद्ध सकिएपछियता पुनःपरिभाषित गर्दै आएको छ । यसको निरन्तरताका लागि नयाँ कारणको खोजी गर्दै आएको छ । यसले मानविय पक्षमा काम गर्ने बताएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement