मन्त्रिपरिषद्ले निर्णय नगर्दा प्रस्तावित भएर पनि पोखरेल एआईजीपी बन्न पाएनन्

मन्त्रिपरिषद्ले निर्णय नगर्दा प्रस्तावित भएर पनि पोखरेल एआईजीपी बन्न पाएनन्


काठमाण्डु – प्रहरी नायव महानिरीक्षक (डीआईजीपी) पोषराज पोखरेलको प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजीपी)मा बढुवाका लागि प्रस्ताव गरिए पनि बढुवा नहुने भएको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सत्ता साझेदार प्रमुख घटक एमालेले समर्थन फिर्ता लिएपछि पोखरलको एआईजीपी बढुवामा कुनै निर्णय गरेन । आज मन्त्रिपरिषद् बैठक बस्ने कार्यसूची छैन । पोखरेल शुक्रबार राति १२ बजेबाटअवकाशमा जान्छन् ।

१० असारमा गृहमन्त्रालयका सचिव एकनारायण अर्याल संयोजक रहेको बढुवा सिफारिस समितिले पोखरेललाई एआईजीपी बढुवा गर्न सिफारिस गरेको थियो । बढुवा भएको भए उनी आसार १९ र २० गते दुई दिन एआईजीपी हुने थिए ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको प्रमुख रहेका पोखरेल बिहीबार नै कार्यालयबाट बिदाइ भइसकेका छन् । उनी ५६ वर्षे उमेर हदका कारण अनिवार्य राति १२ बजेबाट अनिवार्य अवकाशमा जान्छन् ।