राष्ट्रपति पौडेलसमक्ष ५ देशका नवनियुक्त राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेश

राष्ट्रपति पौडेलसमक्ष ५ देशका नवनियुक्त राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेश

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष विभिन्न ५ देशका लागि नवनियुक्त राजदूतहरूले सोमबार राष्ट्रपति भवन शितलनिवासमा आयोजित विशेष समारोहमार्फत आ–आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका छन् ।

समारोहमा परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा तथा नेपाल सरकारका उच्चपदस्थ अधिकारीहरूको उपस्थिति थियो ।

समारोहमा नवनियुक्त राजदूतहरूलाई काठमाण्डुस्थित होटल डुसिट प्रिन्सेसबाट राष्ट्रपति भवनसम्म पारम्परिक रिसल्लासहित बग्गीमा सवार गराइएको थियो ।

केन्याका लागि नवनियुक्त राजदूत मुनीयिरी पिटर, जोर्डनका लागि युसेफ अब्देलघानी, जिम्बाब्वेका लागि स्टेला एनकोमो वाहाग्न, डेनमार्कका लागि रस्मुस आबिल्डगार्ड र उरुग्वेका लागि अल्बेर्टो ए. गुआनीले राष्ट्रपतिसमक्ष आ–आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका हुन् ।