‘बुक डिल’ बाट मात्रै ह्यारी र मेघानको आम्दानी ७० लाख पाउन्ड


वासिङटन– मेघान मर्केल र राजकुमार ह्यारीले एउटा भाषणबाट मात्रै ४ लाख पाउन्ड अर्थात् ५ लाख डलर आर्जन गर्न सक्ने र किताबी सम्झौताबाट करोडौ डलर आम्दानी गर्न सक्ने एक अमेरिकी एजेन्टले जनाएको छ ।

निकोले किडम्यान र डायनी किटन लगायतका ग्राहक भएको जीडीए स्पिकरले ड्यूक एन्ड डचेस अफ ससेक्सले नियमित खालका सेलेब्रेटीले भन्दा उनीहरुले उच्च शुल्क आकर्षित गर्ने बताएको छ । यो पनि उनीहरुको ‘हिज रोयल हाइनेस’ को शीर्षक बिनानै कमाउन सक्नेछन् ।

यसैबीच शोबिज र खेलकुद एजेन्ट डारेन प्राइसले उनीहरुले सहजै १ करोड डलर आर्जन गर्न सक्ने बताएका छन् । यो जोडीले भाषण र किताबको शुल्कबाट धेरै पैसा परोपकारी काममा दान गर्न सक्ने टीएमजेटले प्रकाशित गरेको छ ।

अटोबायोग्राफीको वास्तविक बोलाईबाट बुकको एडभान्सको रकम अचम्म लाग्ने अवस्थामा पुग्न सक्ने र यसको आकार बारक र मिचेल ओबामालाई दिइएको ६ करोड ५० लाख डलर नाघ्न सक्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement