काठमाडौंमा ‘पावर समिट २०१९’ सुरू


काठमाडौं – स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इपान) को आयोजनामा बिहीबारदेखि काठमाडौंमा पावर समिट २०१९ सुरू भएको छ । तीन देशका मन्त्रीसहित ७५० ऊर्जाविद् तथा सरकारोवालाको उपस्थितिमा पावर समिट सुरु भएको हो ।

सम्मेलनको उद्घाटान कार्यक्रमा नेपाल पावर एक्सचेन्ज लिमिटेड र इन्डियन इनर्जी एक्सचेन्जबीच पावर ट्रेड सम्झौता गरिएको छ । इपानमा नै रहेका सदस्यहरूले सरकारले अनुमति दिएमा सोझै विद्युत बिक्री गर्ने लक्ष्यसहित पावर एक्सचेन्ज लिमिटेड दर्ता गराएका छन् ।

त्यस्तै एचआइडिसिएल र एनएचपिसीबीच पनि पावर ट्रेड सम्झौता भएको छ । दुई दिनसम्म चल्ने समिट प्रधानमन्त्री केपी शर्मा ओलीबाट उद्घाटन हुने योजना थियो । तर अन्तिममा ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले उद्घाटन गरेका हुन् । समिटमा विद्युत् व्यापार, यसको सम्भावना, आवश्यक पूर्वाधारलगायतका विषयमा केन्द्रित रहेर एक दर्जन सत्रमा छलफल गरिने जनाइएको छ ।

सम्मेलनमा ऊर्जामन्त्री पुनले स्वच्छ ऊर्जा उत्पादनको लागि नेपाल उपयुक्त क्षेत्र भएको भन्दै लगानीका लागि आह्वान गरे । उनले १० वर्षमा १५ हजार मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्यअनुसार सरकारले सहजीकरण गरेको बताए । उनले नेपालमा उपयुक्त क्षेत्रीय व्यापार रहेको अवस्थामा सहज लगानी गर्नको लागि आग्रह गरे ।

बंगलादेशका ऊर्जामन्त्री नासरुल हामिदले क्षेत्रीय व्यापार सहजीकरण र प्रशारण लाइन निर्माणमा ध्यान दिनुपर्ने बताए । उनले यसअघि नै ५०० मेगावटको विद्युत लैजान बंगलादेशले सम्झौता गरिसकेको बताउँदै आफ्नो देशलाई थप ऊर्जा जरुरी रहेको बताए ।

भुटानका अर्थ मामिला मन्त्री लोकराज शर्माले भुटान नेपाल लगायतका देशले उत्पादनमा ध्यान दिनु पर्ने बताए । नेपालका लागि भारतीय राजदूत मन्जीवसिंह पुरीले नेपालको ऊर्जा क्षेत्रमा लगानी र व्यापार सहजीकरणमा सहयोग गरेको बताए ।

त्यस्तै इपान उपाध्यक्ष शैलेन्द्र गुरागाइँले नेपालल छोटो अवधिमा १८ घण्टाको लोडिसेडिङ चिर्दै प्रयाप्त उत्पादन गर्न सफल भएको भन्दै अब व्यापार सहजीहरणलाई प्राथमकिता दिइने बताए ।

प्रतिक्रिया दिनुहोस
Advertisement