पीपीएलमा धनगढीको पहिलो जित विराटनगर ७८ रनले पराजित


कास्की – पोखरा प्रिमियर लिग क्रिकेट (पीपीएल) क्रिकेटमा एक्स्पर्ट धनगढी ब्लुजले पहिलो जित निकालेको छ । आइतबार भएको खेलमा धनगढीले विराटनगरलाई ७८ रनले पराजित गरेको छ ।

धनगढी ब्लुजले दिएको १ सय ८३ रनको लक्ष्य पछ्याएको विराटनगर १६ ओभर ४ बलमा १ सय ४ रन बनाउँदा अल आउट भएको हो । टिमको स्कोर ८ रन हुँदा पहिलो विकेट गुमाएको धनगढीले १३ रनमा दोस्रो विकेट खेर फाल्यो । उसका दुबै ओपनर सन्दिप सुनार ९ तथा डेन लरेन्स दुई रनमा आउट भए । त्यसको लगत्तै दिलिप नाथपनि ८ रनमा आउट भएपछि धनगढीले ३८ रनमा तेस्रो विकेट गुमायो ।

त्यसपछि दिपेन्द्र ऐरी र विदेशी खेलाडी पिटर ट्रेगोले चौथो विकेटका लागि ६० रनको साझेदारी गर्दै टिमको पारीलाई सम्हाले । तर दिपेन्द्र २९ रनमा आउट भएपछि धनगढीले ९८ रनमा चौथो विकेट गुमायो । तर त्यसपछि सस्तैमा दुई विकेट गुमाउदा धनगढीले एक सय २३ रनमा ६ विकेट गुमायो । सन्दिप जोरा १२ रनमा आउट भए भने मन्जित श्रेष्ठ एक रनमा पेभेलियन फर्किए ।

धनगढीका लागि पिटरले ५३ रनको योगदान गरे । अन्तिममा सौरभ खनालले विस्फोटक ४१ रन बनाए । उनले १२ बलमा दुई चौका र ५ छक्का प्रहार गरे । बलिङ तर्फ जितेन्द्र मुखियाले चार विकेट लिए । जवाफमा विराटनगर १६ ओभर चार बलमा एक सय चार रनमा अलआउट भयो । खराव सुरुवात गरेको विराटनगरले १३ रन हँदा पहिलो विकेट गुमायो । ओपनर प्रदिप ऐरी मात्र चार रनमा पेभेलियन फर्किए । त्यसपछि टिमको स्कोर ३९ रन हुँदा अर्का ओपनर सुनिल धमला २१ रनमा पेभेलियन फर्किए ।

विराटनगरको स्कोर ४६ रन हुदा राजु रिजाल मात्र ५ रनमा बाहिरीए । एकपछि अर्को विकेट गुमाएको बिराटनगरका पाकिस्तानी खेलाडी मुहम्मद जेइद आलम १९ रनमा आउट भए भने एन्र्डु सुबिक्सनपनि १८ रनमा पेभेलियन फर्किए । किशोर महतो नौ, राजेश पुलामीमगर दुई, पुष्प थापा दुई रनमा आउट भए । बलिङ तर्फ डेन लरेन्सले तीन तथा दिपेन्द्र ऐरीले दुई विकेट लिए । यस्तै जितेन्द्र मुखीया नौ रनमा आउट भए ।

प्रतिक्रिया दिनुहोस
Advertisement