पिपिएल : काठमाडौंमाथि पोखरा पल्टन ४ विकेटले विजयी


पोखरा – जारी पोखरा प्रिमियर लिग(पिपिएल) टी-२० क्रिकेट प्रतियोगिताअन्तर्गत पोखरा पल्टन दोस्रो चरणमा पुगेको छ। शनिबार पोखरा रंगशालामा भएको समूह चरणको आफ्नो अन्तिम खेलमा हुलास काठमाडौं रोयल्सलाई ४ विकेटले पराजित गर्दै पोखराले दोस्रो चरणमा स्थान पक्का गरेको हो।

जितसँगै पोखराले ५ खेलबाट ६ अंक जोडेको छ। पोखरासँग रनरेटमा पछि परेका काठमाडौं र एक‍्स्पर्ट धनगढी ब्लुजको पनि समान ६-६ अंक छ। अब समूह चरणको अन्तिम खेलमा चितवन राइनोज र विराटनगर टाइटन्सबीच खेल हुनेछ।

प्रतिक्रिया दिनुहोस
Advertisement