जिल्ला प्रशासन कार्यालय पर्सामा प्रभु बैंकको एक्स्टेन्सन काउण्टर सञ्चालन


काठमाण्डु – प्रभु बैंकले आफ्नो सेवाविस्तार गर्ने क्रममा पर्साको बिरगन्ज महानगरपालिकास्थित वडा नं ०९ जिल्ला प्रशासन कार्यालयमा एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । पर्सास्थित जिल्ला प्रशासन कार्यालयमा स्थापित एक्स्टेन्सन काउण्टरको आश्विन २९ गते देखि कारोबार सुरु भएको हो ।

नेपाल राष्ट्र बैंक तथा अन्य सम्बन्धित निकायसँग समन्वय गरी विभिन्न सरकारी निकायहरुको बैंकिङ्ग कारोबार प्रभावकारी रुपमा सञ्चालन गरिरहेको प्रभु बैंकले जिल्ला प्रशासन कार्यालयमा पनि आफ्नो सेवा विस्तार गरेको छ ।

बैंकको एक्स्टेन्सन काउण्टरबाट सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा अ ाउने सेवाग्राहीहरुलाई रकम जम्मा गर्न र जिल्ला प्रशासन कार्यालयको कामगर्न सहज र सरल हुने भएको छ ।

प्रभु बैंकको एक्स्टेन्सन काउण्टरबाट प्रवाह गरिने बैंकिङ्ग सेवाबाट स्थानीयबासी तथा सेवाग्राहीहरुले प्रभु बैंकको गुणस्तरीय बैंकिङ्ग सेवा उपभोग गरी लाभान्वित हुने बैंकले विश्वास लिएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement