नेपाल–भारत सीमाका भन्सार कार्यालयमा प्रभु बैंकका एक्स्टेन्सन काउण्टर सञ्चालनमा


काठमाण्डु – नेपाल–भारत सीमाका भन्सार कार्यालयहरुमा रहेका प्रभु बैंकका एक्स्टेन्सन काउण्टरहरु थप समयका लागि सञ्चालनमा ल्याइएको छ ।

अर्थ मन्त्रालय भन्सार विभाग, त्रिपुरेश्वर, काठमाण्डु र प्रभु बैंकको समन्वयमा नेपाल–भारत सीमाका विभिन्न ७ वटा भन्सार कार्यालयहरु भद्रपुर भन्सार कार्यालय झापा, सुनसरी भन्सार कार्यालय सुनसरी, ठाडी भन्सार कार्यालय सिरहा, जलेश्वर भन्सार कार्यालय महोत्तरी, महेशपुर भन्सार कार्यालय नवलपरासी, सुठौलीभन्सार कार्यालय कपिलवस्तु र सतिभन्सार कार्यालय कैलालीमासरकारी राजश्व/भन्सार संकलनकालागिसञ्चालनमा रहेका प्रभु बैंकका एक्स्टेन्सन काउण्टरहरुलेथप समयावधिकालागिनिरन्तर रुपमा बैंकिङ्ग सेवाप्रवाह गर्ने भएका छन् ।

सो सम्बन्धी नविकरण सम्झौतामा नेपाल सरकार, अर्थ मन्त्रालयभन्सार विभाग, त्रिपुरेश्वर, काठमाण्डुका तर्फबाट महानिर्देशकी सुमन दहाल र प्रभु बैंकका तर्फबाट प्रमुखकार्यकारी अधिकृत अशोक शेरचनले हस्ताक्षर गरेका हुन् ।

नेपालको सबैभन्दा ठूलो व्यापारिक साझेदारको रुपमा रहेको छिमेकी राष्ट्र भारतसँगको सिमानामा सञ्चालनमा रहेका प्रभु बैंकलि. का एक्स्टेन्सन काउण्टरहरुको सेवाबाट सम्बन्धित भन्सार कार्यालयहरुको स्तरोन्नतीसँगै उक्त क्षेत्रमा आयात निर्यातको क्रियाकलापहरुमा बढोत्तरी हुनगई राजश्व संकलनको आंकाडामा वृद्धि हुनजाने तथा स्थानीय सेवाग्राही तथा संघ संस्थाहरुले प्रभु बैंकको गुणस्तरीय बैंकिङ्ग सेवा उपभोग गरी लाभान्वित हुने बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement