काठमाण्डु– पोखरा महानगरपालिका–३१, बेगनासतालमा रहेको होटेल हिमालय सेरेन भ्यु र प्रभु बैंक लिमिटेड बीच सम्झौता भएको छ ।
बैंकका ग्राहक तथा कर्मचारीहरुलाई होटेलमा पाइने खाना, पेय पदार्थ तथा आवास सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको हो ।
उक्त सम्झौता पत्रमा होटेल हिमालय सेरेन भ्युका तर्फबाट प्रोप्राइटर अनिल ढकाल तथा प्रभु बैंकका तर्फबाट तालचोक शाखा प्रबन्धक प्रकाश पौडेलले संयुक्त रुपमा हस्ताक्षर गरे ।
प्रभु बैकंका कर्मचारी र कर्मचारीका परिवारजन तथा ग्राहकहरुले खाना र पेय पदार्थमा १० प्रतिशत साथै आवास सुविधामा १५ प्रतिशत छुट पाउने भएका छन् । सो छुट सेवा सुविधा होटेल हिमालय सेरेन भ्यु मा प्राप्त गर्न सकिनेछ ।
त्यसैगरी, ग्राहकहरुको रोजाईको अग्रणी बैंकको रुपमा रहेको तथा हालसालै “बैंक अफ द इयर २०२३” को उपाधिबाट सम्मानित प्रभु बैंकका नेपालभर ३११ शाखा कार्यालयहरु, २८४ एटीएम साथै ६९ एक्सटेन्सन काउन्टर रहेका छन् ।
प्रतिक्रिया