प्रभु शाहद्वारा उद्योग मन्त्रालय अस्वीकार, भन्छन् – लेनदेनकै आधारमा मन्त्रिपरिषद् पुनर्गठन गरियो


काठमाडौं – मन्त्रिमण्डल हेरफेरप्रति नेकपा नेकपा प्रदेश नम्बर २ का अध्यक्ष प्रभू साहले असन्तुष्टी जनाएका छन् ।

उनले कार्यसम्पादनको आधारमा मन्त्रिपरिषद पुनर्गठन गर्ने भनिए पनि अन्ततः गुटगत पूर्वाग्रह र लेनदेनकै आधारमा गरेको आरोप लगाएका छन् ।

‘कार्यसम्पादनको आधारमा मन्त्रिपरिषद् पुनर्गठन गर्ने भनिए पनि अन्ततः गुटगत पूर्वाग्रह र लेनदेनकै आधारमा गरेको देखियो’ उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘मन्त्री हटाउदा वा राख्दा सामान्य कम्युनिस्ट मूल्य मान्यता पनि लागू भएको देखिएन ।’

मन्त्रीको आकांक्षी उनले योग्यहरूलाई हटाउने र अयोग्यलाई मन्त्री बनाउने नेतृत्वको कार्यशैलीले लज्जित बनाएको पनि बताएका छन् ।

‘योग्यहरूलाई हटाउने र अयोग्यलाई मन्त्री बनाउने नेतृत्वको यस्तो महान कार्यले हामी फेरि एकचोटी लञ्जित भएका छौं’, उनले लेखेका छन् ।

नेतृत्वले उद्योग मन्त्रालयको जिम्मेवारी सम्हाल्न भनेको थियो तर, उनले त्यसलाई अस्वीकार गर्दै भौतिक, पूर्वाधार तथा यातायात मन्त्रालय मागेका थिए । अन्ततः उनले कुनै पनि मन्त्रालय पाएनन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement