रोष्ट्रममै निजामती विधयेक च्यातेर हिँडे प्रभु साह

रोष्ट्रममै निजामती विधयेक च्यातेर हिँडे प्रभु साह

यस्तो अपराधिक कार्यको साक्षी नबस्ने भन्दै वैठक बहिष्कार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– सांसद प्रभु साहले संसदको रोष्ट्रमबाटै निजामती विधयेक च्यातेका छन् ।

आइतबारको संसद बैठकमा साहले गरिबमारा भन्दै विधयेक च्यातेका हुन् ।

उनले यो विधेयक पारित भए देशमा आगो बल्ने चेतावनी दिदैं यस्तो अपराधिक कार्यको साक्षी नबस्ने भन्दै वैठक बहिष्कार गरेर हिँडेका छन् ।

उनले भने ‘यो गरिबमारा विधेयक पारित भयो भने देशमा अयोग बल्छ । गरिबको भाग्य भविष्यलाई कत्लेआम गर्ने गरी आएको विधेयक हामीलाई स्वीकार्य छैन । यो आयो भने गरिबका लागि कालो दिन हुन्छ । यसका मतियारलाई गरिबले कहिल्यै माफी दिने छैनन् ।’