प्रवीण बाँस्तोला मृत्यु प्रकरणः उर्लाबारीका इन्सपेक्टर जिल्ला तानिए


काठमाण्डु – जिल्ला प्रहरी कार्यालयले इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक परिवर्तन गरेको छ ।

उर्लाबारी–५ का ३२ वर्षीय प्रवीण बाँस्तोला मृत्यु प्रकरणको अनुसन्धानमा लापरबाही गरेको भन्दै उर्लाबारीका तत्कालीन इन्सपेक्टर उद्धव पोखरेल जिला प्रहरी कार्यालय तानिएका हुन् । पोखरेलको ठाउँमा जिल्लाबाट प्रहरी निरीक्षक कुन्दन देव पठाइएका छन् ।

प्रहरी नायब उपरीक्षक मानवबहादुर राई नेतृत्वको छानविन समितिले अनुसन्धानको मिसिलमा फोटो अर्कै व्यक्तिको राखेको पाइएको प्रतिवेदन दिँदै ‘मानवीय त्रुटि’ गरेको बताएको थियो । प्रहरी निरीक्षक पोखरेललाई वयानका लागि जिल्लामा बोलाइएको प्रहरी उपरीक्षक सन्तोष खड्काले बताए ।

‘छानविन समितिबाट वयान लिनुपर्ने भएकाले बोलाइएको हो, उहाँको दोष देखियो भने कारबाही हुन्छ, दोष नदेखिए उर्लाबारी फर्किनुहुन्छ,’ प्रहरी उपरीक्षक खड्काले भने । बाँस्तोलाको गत पुस ५ मा शङ्कास्पद अवस्थामा मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement