प्रवीण बाँस्तोला मृत्यु प्रकरणः फरार दुई जना पक्राउ


काठमाण्डु – उर्लाबारी–५ का ३२ वर्षीय प्रवीण बाँस्तोलाको मृत्यु प्रकरणमा फरार रहेका दुई जना पक्राउ परेका छन् ।

प्रहरीले उर्लाबारी–६ का ३२ वर्षीय राजेश रणपहेली र झापाको गौरादह नगरपलिक–९ का ३१ वर्षीय दीपेश पौडेललाई शुक्रबार साँझ भैरहवाबाट पक्राउ गरेको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक कुन्दन देवले बताए ।

उनले पक्राउ परेका दुबैलाई जिल्ला प्रहरी कार्यालयमा ल्याइँदै गरेको बताए ।  बाँस्तोला प्रकरणमा ६ जनाविरूद्ध मुद्दा दायर गरिएको थियो ।

त्यसमध्ये होटल सञ्चालक उर्लाबारी नगरपालिका ९ का ३४ वर्षीय कुमार राई, प्रवीणका साथी मोरङ रतुवामाई नगरपालिका–१० पवित्रा चोकका २९ वर्षीय रिकेश सिवा भन्ने मेहरमान दर्जी, सुदीप परियार र रमेश गिरीलाई पक्राउ गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement