लिपुलेकको समस्या चीनसँग पनि छः अध्यक्ष प्रचण्ड


काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भारत चीनसँग देखिएको सीमा विवादका विषयमा छलफल थालिएको बताएका छन् ।

प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको आइतबारको बैठकमा अध्यक्ष प्रचण्डले भारत र चीनले लिपुलेकको विषयमा गरेका सम्झौतापछि यो समस्या भारतसँगको मात्रै नभई त्रिदेशिय समस्या भएको बताएका हुन् ।

उनले भने ‘लिपुलेक प्रकरण पछि यो त्रिदेशिय जस्तो बन्न गएको छ । यो दुईवटा देशले मात्रै हल गरेर पनि अब अप्ठेरो छ । त्यहाँ चीन पनि त्यसमा संलग्न भएको छ, भारत र चीनको सहमति भएको हुनाले त्रिदेशिय भएको छ ।’

अध्यक्ष प्रचण्डले लिपुलेक लगायत अन्य विवाद भएका स्थानका विषयमा भारत र चीन दुवै देशसँग छलफल गरिएको  बताए ।

‘लिपुलेक प्रकरणपछि यो त्रिदेशीय जस्तो बन्न गएको छ । यो दुईवटा देशले मात्रै हल गरेर पनि अब अप्ठेरो छ’, उनले भने, ‘भारत र चीनबीच व्यापारिक सम्झौता भएको हुनाले पनि यो त्रिदेशीय बन्न पुगेको हो ।’

अध्यक्ष प्रचण्डले यो विषयलाई अहिले नै अन्तर्रा्ष्ट्रिय अदालतमा लैजाने विषयमा भने एकपटक सोच्नु पर्ने बताए । उनले नेपालको सीमा अतिक्रमण भएको विषयमा सरकारले सक्रिय रुपमा कुटनीतिक पहल थाल्नु पर्ने बताएका छन् ।

‘सरकारको तर्फबाट परराष्ट्र मन्त्रालयले दिएको वक्तव्य पनि मैले हेरेँ र उक्त वक्तव्य नीतिगत, सैद्धान्तिक र भावनात्मक रुपमा पनि ठीक नै छ’, अध्यक्ष प्रचण्डले भने, ‘वक्तव्यमात्रै ठीक भएर भएन् । त्यो एक्सन पनि ठीक हुन प¥यो भन्ने माननीय सदस्यहरुको भावना विलकुल सही छ ।’

प्रतिक्रिया दिनुहोस
Advertisement