म पाँचै वर्ष प्रधानमन्त्री बन्ने सम्भावना बढ्यो : प्रचण्ड


काठमाण्डु – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू पाँचै वर्ष प्रधानमन्त्री बन्ने सम्भावना बढेको बताएका छन् ।

‘जनतासँग माओवादी अभियान’ उद्घाटनका क्रममा काठमाडौंको चन्द्रागिरी नगरपालिकामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले आफूलाई प्रधानमन्त्रीबाट हटाउनेविरुद्ध लाखौं, करोडौं जनता सडकमा उतारेर प्रतिवाद गर्ने योजना बनाएको खुलासा गरे ।

उनले यसपटक आफू जनताको काम गर्न प्रधानमन्त्री भएको बताउँदै परिस्थितिले पाँचै वर्ष प्रधानमन्त्री बन्ने सम्भावना बढेको बताए ।

प्रतिक्रिया दिनुहोस
Advertisement