नयाँ गठबन्धनमा २० मन्त्रालयको भागबण्डा, को–को बन्दैछन् मन्त्री ?


काठमाण्डु – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग मिलेर बनाएको नयाँ गठबन्धनमा २० मन्त्रालयको भागबण्डा भएको छ ।

गठबन्धनको सबैभन्दा ठूलो दल नेकपा एमालेले ८, माओवादी केन्द्रले ६, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ४ र नेकपा एकीकृत समाजवादीले २ मन्त्रालय पाउने भएको छ ।

एमालेले पार्टी सचिव रघुवीर महासेठ नेतृत्वमा पार्टीका ८ नेतालाई मन्त्री बनाउने भएको छ । यसअघि नै शपथ लिइसकेका पदम गिरी, दामोदार भण्डारी, हरि उप्रेती, भगवती चौधरी, राजेन्द्र राई, ज्वालाकुमारी साह र बलराम अधिकारी एमालेबाट मन्त्री बन्नेछन् ।

माओवादीले प्रधानमन्त्री प्रचण्डसहित वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, वर्षमान पुन, शक्तिबहादुर बस्नेत र रेखा शर्मालाई मन्त्री बनाउँदैछ । यसअघि हितबहादुर तामाङ मन्त्री बनिसकेका छन् ।

रास्वपाले उपप्रधान तथा गृहमन्त्रीमा सभापति रवि लामिछाने, डीपी अर्याल, विराजभक्त श्रेष्ठ र सुमना श्रेष्ठलाई मन्त्री बनाउने भएको छ ।

नेकपा एकीकृत समाजवादीले मन्त्रीको टुंगो लगाउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement