एमाले र माओवादीबीच पार्टी एकता गर्न प्रधानमन्त्री प्रचण्डको आह्वान


काठमाण्डु – प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पार्टी एकताका लागि आह्वान गरेका छन् ।

कम्युनिस्ट पार्टी स्थापनाको ७५औँ वर्षगाँठमा एमालेले ललितपुरको गोदावरीमा आयोजना गरेको हीरक महोत्सवलाई सोमबार सम्बोधन गर्दै उनले पार्टी एकताका लागि अपिल गरेका हुन् ।

उनले विगतमा अविश्वासका कारण पार्टी विभाजन भएकाले अब त्यसबाट पाठ सिकेर एकतामा अघि बढ्न आग्रह गरे । उनले भने, ‘म कमरेड केपी ओलीलाई विश्वास गर्न चाहन्छु । हिजो हामी विश्वास र अविश्वासको चक्रबाट गुज्रिएका छौं, म उहाँलाई विश्वास गर्न चाहन्छु र नयाँ प्रक्रियातिर अगाडि बढौँ भन्ने अपिल पनि गर्न चाहन्छु ।’

प्रतिक्रिया दिनुहोस
Advertisement