प्रधानमन्त्री प्रचण्डको विश्वास : ५ वर्ष यही गठबन्धन चल्छ, ढुक्क हुनुहोस्


विराटनगर – प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ५ वर्ष यही गठबन्धन चल्ने बताएका छन् ।

समाजवादी मोर्चा नेपालले सोमबार विराटनगरमा गरेको सन्देश सभाका लागि आएका बेला सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले गठबन्धन ५ वर्ष चल्ने बताए ।

उनले यही गठबन्धन ५ वर्षसम्म चल्नेमा कुनै शंका नगर्न आग्रह गरे । उनले भने, ‘५ वर्ष यही गठबन्धन चल्छ, ढुक्क हुनुहोस् ।’

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेसकै नेतृत्वमा सरकार बन्नुपर्ने बताउँदै आएका छन् ।

मोर्चाको सन्देश सभालाई प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव र नेकपा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले सम्बोधन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement