प्रधानमन्त्री प्रचण्ड संकटमा परेपछि समाजवादी मोर्चालाई बालुवाटारमा बोलावट

प्रधानमन्त्री प्रचण्ड संकटमा परेपछि समाजवादी मोर्चालाई बालुवाटारमा बोलावट


काठमाण्डु – सरकार अल्पमतमा परेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजवादी मोर्चा आवद्ध दलका नेताहरूलाई बालुवाटारमा बोलाएका छन् ।

प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिनेबारे छलफल गर्न मोर्चामा रहेका नेताहरूलाई बालुवाटार बोलाएका हुन् । उनले असार २८ गते विश्वासको मत लिँदैछन् ।

प्रधानमन्त्री प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यका अनुसार नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनाल बालुवाटार पुगेका छन् ।

छलफलमा जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ र नेपाल समाजवादी पार्टीका अध्यक्ष महेन्द्रराय यादव बालुवाटार पुगेका छन् ।