प्रधानमन्त्री प्रचण्ड अमेरिका प्रस्थान


काठमाण्डु – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अमेरिका प्रस्थान गरेका छन् ।

संयुक्त राष्ट्रसंघको अठहत्तरौं महासभामा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड शनिवार अमेरिका प्रस्थान गरेका हुन् ।

उनले महासभामा सम्बोधन गर्ने कार्यक्रम छ । महासभामा सहभागी भई उनी सोझै चीन जाने कार्यक्रम छ ।

शुक्रबारको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री प्रचण्डको अमेरिका र चीन भ्रमण स्वीकृत गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement