सुशासनविरुद्ध खडा गरिएको सरकार बिचौलियाहरूको मात्र भयो : अध्यक्ष प्रचण्ड

सुशासनविरुद्ध खडा गरिएको सरकार बिचौलियाहरूको मात्र भयो : अध्यक्ष प्रचण्ड

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार सुशासनविरुद्ध खडा गरिएको बिचौलियाहरूको सरकार भएको बताएका छन् ।

शनिबार काठमाण्डुमा आयोजित प्रेस सेन्टर नेपाल पाँचौं राष्ट्रिय महाधिवेशन शपथ ग्रहण तथा पद हस्तान्तरण कार्यक्रममा उनले सरकार भ्रष्टाचारीहरूको रक्षा गर्ने सरकार भएको भन्दै यो कुरा राजनीति विवेक र ज्ञान राख्ने मान्छेले पनि स्वीकार गरेको बताए ।

उनले भने, ‘अहिलेको सरकार सुशासनविरुद्ध खडा गरिएको बिचौलियाहरूको सरकार हो भन्ने कुरा सबैलाई थाहा छ । अब त अलिकति पनि राजनीति विवेक र ज्ञान राख्ने मान्छे सबैले पनि स्वीकार गर्न थालेका छन् कि सरकार दलाल पुँजीपति, बिचौलिया र नोकरशाहहरूको हित गर्ने, भ्रष्टाचारीहरूको रक्षा गर्ने, राम्रो काम गर्नेहरूलाई प्रताणित गर्ने सरकार हो ।’

राजावादीहरू कति हिंस्रक छन् भन्ने कुरा एकैदिनका कार्यक्रममा देखाएको भन्दै उनले राजावादीहरूको रणनीति पूर्ण रूपमा असफल भइसकेको बताए । उनले भने, ‘राजावादीहरू कति हिंस्रक छन् भन्ने कुरा एकैदिनका कार्यक्रमले राम्रोसँग स्थापित गर्‍यो र राजावादीहरूले भन्ने गरेको होहल्ला र रणनीति पूर्ण रूपमा असफल भइसक्यो । आउने दिनमा पनि विभिन्न घटना हुन सक्छन्, यसका लागि जनतालाई सचेत गर्ने जिम्मेवारी पनि हाम्रो काँधमा छ ।’

अहिले निर्वाचन भन्ने बित्तिकै सम्पूर्ण रूपले अराजकतावादको अभ्यास गर्ने एउटा विकृत संस्कार भन्ने भाष्य पनि नेपाली समाजमा स्थापना भएको उनले बताए ।