काठमाण्डु – संसद्मा प्रतिनिधित्व गर्ने प्रमुख ३ राजनीतिक दलका शीर्ष नेताहरू प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच सोमबार भेटवार्ता भएको छ ।
प्रधानमन्त्री ओलीले माओवादी अध्यक्ष प्रचण्डले कुरा नै गर्न नचाहेको आरोप लगाएको केही घण्टापछि त्रिपक्षीय भेटवार्ता भएको हो ।
भेटमा प्रधानमन्त्री ओली, कांग्रेस सभापति देउवा, गृहमन्त्री रमेश लेखक, माओवादी अध्यक्ष प्रचण्ड, महासचिव देव गुरूङ, प्रमुख सचेतक हितराज पाण्डेको सहभागिता छ ।
छलफलमा आर्थिक वर्ष २०८२/०८३ को बजेट, भिजिट भिसा प्रकरण र समसामयिक विषयमा छलफल भइरहेको जनाइएको छ ।
प्रतिक्रिया