संख्याको बलमा षड्यन्त्रपूर्ण तरिकाले सरकारबाट बाहिरिनुपर्‍यो : अध्यक्ष प्रचण्ड

संख्याको बलमा षड्यन्त्रपूर्ण तरिकाले सरकारबाट बाहिरिनुपर्‍यो : अध्यक्ष प्रचण्ड

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिचौलियाहरूले संख्याको बलमा षड्यन्त्रपूर्ण तरिकाले माओवादीलाई सरकारबाट बाहिर ल्याएको बताएका छन् ।

मंगलबार काठमाण्डुमा आयोजित नेवाः तामाङ उपत्यका जागरण अभियान उद्घाटन समारोहमा उनले माओवादीले नेपाललाई प्रतिनिधित्व गर्ने कुरामा रेकर्ड बनाएपनि प्रतिक्रियावादी, दलाल र बिचौलियाहरूलाई त्यो सह्य नभएको भन्दै उनीहरूले संख्याको बलमा षड्यन्त्रपूर्ण तरिकाले आफूलाई सरकारबाट बाहिर ल्याएको बताए ।

उनले भने, ‘हामीले आर्थिक पछौटेपनविरुद्ध आर्थिक समृद्धिका लागि क्रमशः कदम चाल्दै अगाडि बढेकै हो । अनेक अन्तर्राष्ट्रिय सम्बन्ध सुधारको लागि पनि हामीले काम गरेकै हो । चाहे त्यो छिमेकी राष्ट्र भारत र चीनसँग सम्बन्धित कुरा होस्, चाहे अन्तर्राष्ट्रिय मञ्चहरूमा नेपालको इज्जतलाई प्रतिनिधित्व गर्ने कुरामा रेकर्ड बनाएकै हो । तर प्रतिक्रियावादी, दलाल, नोकरसाहा र बिचौलियाहरूलाई त्यो सही भएन र उनीहरूले संख्याको बलमा षड्यन्त्रपूर्ण तरिकाले हामीलाई सरकारबाट बाहिर ल्याए ।’

उनले बढी नै भाषण गर्ने प्रवृत्ति बढेको भन्दै जनताको कुरा बढी सुन्ने आफ्नो कुरा थोरै राख्ने गरे मात्र अभियान सफल हुने बताए ।