प्रचण्डको घोषणा : संसद् अवरोध भोलिदेखि खुल्छ

प्रचण्डको घोषणा : संसद् अवरोध भोलिदेखि खुल्छ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद्को अवरोध भोलि शुक्रबारदेखि खुल्ने घोषणा गरेका छन् ।

बिहीबार संसद् भवनवाट बाहिरिने क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले भिजिट भिसा प्रकरण गम्भीर विषय भएकाले छानबिन गर्नुपर्ने मागलाई सत्तापक्षले सकारात्मक रूपमा लिएको जानकारी दिए ।

उनले गृहमन्त्रीको राजीनामा भन्दा पनि छानबिन महत्त्वपूर्ण भएको बताए । सत्तापक्ष र प्रतिपक्ष दलहरूबीच भोलिदेखि संसद् सुचारु गर्ने विषयमा सहमति भएको उनले बताए ।