बझाङ भूकम्पबारे छलफल गर्न प्रधानमन्त्री प्रचण्डले बोलाए आकस्मिक बैठक


काठमाण्डु – मंगलबार बझाङ केन्द्रविन्दु बनाएर गएको भूकम्प, त्यसबाट भएको क्षति र सरकारको कार्ययोजनाबारे छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठक बोलाएका छन् ।

बिहीबार बिहान प्रधानमन्त्री प्रचण्डले बोलाएको बैठकमा भूकम्पबाट भएको क्षति, राहत, पुनःस्थापना लगायतका विषयमा छलफल हुनेछ ।

बैठक बस्नुपूर्व बुधबार दिउँसो प्रधानमन्त्रीले बझाङ जिल्लाका जनप्रतिनिधि र राजनीतिक दलका नेताहरू बोलाएर भूकम्पको क्षति र त्यसपछिको वस्तुस्थितिबारे जानकारी लिएका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement