धादिङ बस दुर्घटनाप्रति प्रधानमन्त्री प्रचण्डद्वारा दुःख व्यक्त


काठमाण्डु – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले धादिङको गजुरीमा भएको बस दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् ।

बुधवार काठमाडौंबाट म्याग्दीको बेनीतर्फ जाँदै गरेको यात्रुबाहक बस धादिङको गजुरी गाउँपालिका–२ स्थित राजमार्गबाट त्रिशूली नदीमा खस्दा ८ जनाको मृत्यु भएको थियो ।

दुर्घटनामा मृत्यु भएका यात्रुप्रति श्रद्धाञ्जलि अर्पण गर्दै प्रधानमन्त्री प्रचण्डले उद्धार कार्य प्रभावकारी बनाउन निर्देशन दिएका छन् ।

‘सवारी दुर्घटनामा परी ज्यान गुमाउनु हुने मृतकप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवार र शुभेच्छुकहरूमा समवेदना प्रकट गर्दछु,’ सामाजिक सञ्जालमार्फत समवेदना प्रकट गर्दै उनले भनेका छन्, ‘घाइते यात्रुहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उद्धार कार्य प्रभावकारी बनाउन गृह प्रशासन, सुरक्षा अंग र स्थानीय प्रशासनलगायत सम्बन्धित सबैलाई निर्देशित गर्दछु ।’

उनले घाइते यात्रुको शीघ्र स्वास्थ्यलाभको कामना समेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement