प्रधानमन्त्री प्रचण्डलाई देखाइयो कालोझण्डा


धनगढी – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई क्रान्तिकारी कम्युनिस्ट पार्टी कैलालीले कालोझण्डा देखाएको छ ।

लम्कीचुहा नगरपालिकाको भवन शिलान्यास गरेर धनगढी फर्किने क्रममा पूर्वपश्चिम राजमार्गको मसुरियामा प्रधानमन्त्री प्रचण्डलाई कालोझण्डा देखाइएको छ ।

क्रान्तिकारी कम्युनिष्ट पार्टीले व्याख्यात्मक टिप्पणीको नाममा राष्ट्रघाती सम्झौता एमसीसी लागू गरेको विरोधमा प्रधानमन्त्री प्रचण्डलाई कालोझण्डा देखाएको जनाइएको छ ।

प्रधानमन्त्री प्रचण्ड धनगढीमा आयोजित समाजवादी मोर्चाको सुदूरपश्चिम प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्न कैलाली आएका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement