सिंहदरबारमा नेकपा संसदीय दलको बैठक सुरु

सिंहदरबारमा नेकपा संसदीय दलको बैठक सुरु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) संघीय संसदीय दलको बैठक दलको कार्यालय सिंहदरबारमा सुरु भएको छ ।

प्रमुख सचेतक युवराज दुलालले संसद् अधिवेशनको समीक्षा, सांसद–मतदाता भेटघाट, स्वकीय सचिव तालिम र संसदीय मामिला पत्रकारसँग अन्तर्क्रिया लगायत विषयमा छलफल हुने जानकारी दिए ।

बैठकमा प्राकृतिक विपद् प्रभावित क्षेत्रमा राहत, उद्धार र अस्थायी व्यवस्थापन र दीर्घकालीन पुनर्निर्माणमा दलको भूमिका, सांसदलाई चाडपर्व अवधिभर जनभेटघाटका लागि निर्वाचन क्षेत्र पठाउने विषयमा पनि छलफल हुने जनाइएको छ ।