सशंकित हुँदै प्रधानमन्त्री प्रचण्डले सोधे – कांग्रेस पार्टी हो कि मोर्चा ?


काठमाण्डु – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेस पार्टी हो कि मोर्चा भनेर प्रश्न गरेका छन् ।

धनगढीमा आयोजित समाजवादी मोर्चाको सुदूरपश्चिम प्रदेशस्तरीय सन्देश सभालाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘कांग्रेस त पार्टी हो कि, मञ्च हो कि, मोर्चा हो ? बुझिसाध्य छैन ।’

प्रधानमन्त्री प्रचण्डले कांग्रेसबारे आफू प्रस्ट हुन नसकेको बताए ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेमा चिरा परेको देखिएको उनले बताए । उनले भने, ‘पहिलोचोटी एमालेभित्र ठूल्ठूला चिरा परेको देखिएको छ । राम्रो बुद्धि पुर्‍याउने हो भने त्यसलाई राम्रोसँग सदुपयोग गर्ने सम्भावना बढी छ ।’

प्रतिक्रिया दिनुहोस
Advertisement