विश्वकपमा छनोट भएपछि नेपाली क्रिकेट टोलीलाई प्रधानमन्त्रीले दिए बधाई


काठमाण्डु – टी–२० विश्वकपमा छनोट भएको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बधाई दिएका छन् ।

सामाजिक सञ्जालमार्फत उनले बधाई दिएका छन् ।

प्रधानमन्त्री प्रचण्डले पछिल्लो समय क्रिकेटमा नेपाली टोलीले प्राप्त गरेको सफलता र उचाइप्रति सरकारको तर्फबाट उच्च सम्मान रहेको जनाएका छन् ।

‘टी–२० विश्वकप प्रतियोगिताका लागि छनोट भएकोमा नेपाली क्रिकेट टोलीलाई हार्दिक बधाई ज्ञापन गर्दछु । पछिल्लो समय क्रिकेटमा नेपाली टोलीले प्राप्त गरेको सफलता र उचाइप्रति नेपाल सरकारको तर्फबाट उच्च सम्मान व्यक्त गर्दछु,’ उनले लेखेका छन्, ‘नेपाली टोलीको आगामी यात्रामा सफलताको कामनासहित सरकार सधैं यहाँहरूको साथमा रहने प्रतिबद्धता व्यक्त गर्दछु ।’

नेपाल शुक्रवार १० वर्षपछि टी–ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगितामा छनोट भएको छ । सन् २०१४ मा बंगलादेशमा पहिलो विश्वकप खेलेको नेपालले सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–२० विश्वकपमा स्थान बनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement