एमसीसीको प्रश्नमा प्रचण्डको जवाफ : अमेरिकालाई सोध्छु र मोर्चामा सल्लाह गर्छु


काठमाण्डु – प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १२ बुँदे व्याख्यात्मक घोषणा कार्यान्वयन गर्ने/नगर्ने भनेर अमेरिकी प्रतिनिधिलाई सोध्ने बताएका छन् ।

मंगलबार बुटवलमा आयोजित समाजवादी मोर्चाको सन्देश सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले अमेरिकी प्रतिनिधिलाई सोधेर मोर्चामा थप छलफल गर्ने बताए ।

एमसीसी सम्झौता कार्यान्वयनमा लैजान अमेरिकी प्रतिनिधि तथा उपाध्यक्ष क्यामरुन एलफोर्ड नेपाल आइपुगेका छन् । सरकारले भोलि बुधबारदेखि एमसीसी परियोजना कार्यान्वयनमा लैजाँदैछ ।

मंगलबार भएको सभामा एमसीसीको सम्बन्धमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेकपा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले प्रश्न उठाएका थिए । महासचिव विप्लव नेतृत्वको नेकपाले यथास्थितिमा एमसीसी कार्यान्वयन हुन नहुने भन्दै आन्दोलन गरेको छ ।

प्रधानमन्त्री प्रचण्डले एमसीसीबारे आफूले धेरै बोल्दा फाइदा नगर्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement