‘हिन्दूराष्ट्र’ भन्ने विदेशीले नेपालको चिन्ता लिनु पर्दैन : प्रधानमन्त्री प्रचण्ड


काठमाण्डु – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘हिन्दूराष्ट्र’ बनाउनुपर्छ भन्ने विदेशीलाई नेपालको चिन्ता नलिन आग्रह गरेका छन् ।

आज सोमबार सिंहदरबारमा सम्पादकसँग कुराकानी गर्दै उनले धर्मनिरपेक्षताका विषयमा संविधानमा लेखिएको विषयलाई नचलाइने स्पष्ट पारे ।

उनले भने, ‘धेरै छलफल गरेर सनातनदेखि चलिआएको धर्म–संस्कृति संरक्षण गर्ने र निरपेक्ष रहने कुरा लेख्यौं ।’

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले एकमतले धर्म र संविधानको विषयमा केही नचलाउने निर्णय गरेको उनले स्मरण गराए । उनले भने, ‘कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले पनि एकमतले संविधान र धर्मको बारेमा नचलाउने निर्णय गरिसकेको छ ।’

धर्म चलाउँदा गणतन्त्र चल्ने र गणतन्त्र चलाउँदा संघीयता चल्ने भन्दै उनले यसरी अवस्था बिग्रिने बताए । उनले भने, ‘धर्म चलाए गणतन्त्र चल्छ । गणतन्त्र चलाए संघीयता चल्छ, त्यसपछि सबै बिग्रिन्छ ।’

प्रतिक्रिया दिनुहोस
Advertisement