प्रधानमन्त्री प्रचण्डले चीन भ्रमणमा चुच्चे नक्साको कुरा उठाउने


काठमाण्डु – चीनले हालै जारी गरेको नक्सामा नेपालको चुच्चे नक्सा नसमेटिएको सन्दर्भमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चीन भ्रमणका बेला कुरा उठाउने नेकपा माओवादी केन्द्रका प्रवक्ता अग्निप्रसाद सापकोटा बताएका छन् ।

आज शुक्रबार पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता सापकोटाले नेपालको वास्तविक नक्सा नसमेटिनु महत्त्वपूर्ण विषय भएको बताए ।

उनले भने, ‘धेरै महत्त्वपूर्ण विषयमा किन त्यस्तो हुन गयो । किन समेटिएन त्यस विषयमा कूटनीतिक माध्यमबाट कुरा गर्नुपर्छ । त्यो जारी भएपछि बुझ्दा त्यस विषयमा पहिलेका सरकारले जानकारी गराएको छ भन्ने छ । हाम्रो पार्टीको अध्यक्ष तथा सम्माननीय प्रधानमन्त्री चीन भ्रमणमा जाँदै हुनुहुन्छ । त्यस विषयमा पनि कुराकानी हुन्छ ।’

प्रधानमन्त्री प्रचण्ड असोज पहिलो हप्ता चीन भ्रमणमा जाँदैछन् । चीनले जारी गरेको नक्सामा नेपालको पुरानै नक्सा देखाइएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement