बालकुमारी घटनामा सरकारले उच्चस्तरीय आयोग गठन गर्ने, भोलि निर्णय हुँदै


काठमाण्डु – सरकारले बालकुमारी घटनाबारे छानबिन गर्न उच्चस्तरीय आयोग गठन गर्ने भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता साझेदार दलका शीर्ष नेतासँग आइतबार भएको छलफलमा छानबिन आयोग ऐन २०२६ अनुसार पूर्व न्यायाधीशको अध्यक्षमा उच्चस्तरीय आयोग बनाउने जानकारी दिए ।

भोलि बिहान बस्ने मन्त्रिपरिषद् बैठकले आयोग गठन गर्ने जानकारी प्रधानमन्त्रीले बैठकमा दिएका छन् ।

कोरियाली भाषा परीक्षाको फाराम भर्न पाउनुपर्ने माग गर्दै आन्दोलनमा उत्रिएका युवामाथि गत शुक्रबार ललितपुरको बालकुमारीमा प्रहरीले गोली प्रहार गर्दा २ जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement