इजरायली राजदूत बेनीले प्रचण्डलार्इ भेटेर भने ‘नेपालको कृषि क्षेत्रको विकासमा सहयोग गर्न इजरायल इच्छुक’


काठमाडौं- माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग इजरायलका राजदूत बोनी ओमेरले भेट गरेका छन् । मंगलवार बिहान खुमलटारमा भएको भेटमा अध्यक्ष प्रचण्डले कृषि क्षेत्रमा इजरायलले गरेको प्रगति नेपालको आर्थिक समृद्धिका लागि अनुकरणीय हुने बताए ।

‘नेपालको आर्थिक समृद्धि कृषिमा आधारित उद्योगको विकासबाट मात्र सम्भव छ र त्यसमा इजराजयको प्रविधि हाम्रा लागि धेरै महत्वपूर्ण हुन्छ’ उनले भने,  कृषिमा आधारित उद्योगका लागि आफूहरु इजरायलसँग प्राविधिक सहकार्य गर्न इच्छुक रहेको पनि बताए । ‘इजरायलको कृषि क्षेत्रको प्रगति हाम्रा लागि प्रेरणा स्रोत हुन्,’ ।

इजरायलका राजदूत ओमेरले आफूहरु नेपालको कृषि क्षेत्रको विकासमा सहयोग गर्न तयार भएको बताए। उउनले भने, ‘मौरीपालन, फलफूल र तरकारी खेती हाम्रा प्राथमिकतामा छन् । यो क्षेत्रमा हामी नेपाली किसानसँग सहकार्य गर्न इच्छुक छौं ।’ सिकौ र कमाऔं भन्ने नीति इजरायलको रहेको बताउँदै राजदूत ओमेरले नेपालमा व्यवसायिक तालिम केन्द्र खोल्न आफूहरू तत्पर रहेको धारणा राखे ।

प्रतिक्रिया दिनुहोस
Advertisement