बुहारी बिना मगरको क्षेत्रमा पुग्दा ससुरा प्रचण्ड बेखुस, रिसाएर सम्बोधन नै नगरी हिँडे

बुहारी बिना मगरको क्षेत्रमा पुग्दा ससुरा प्रचण्ड बेखुस, रिसाएर सम्बोधन नै नगरी हिँडे

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

महेन्द्रनगर – हुलाकी राजमार्ग केन्द्रित जनतासँगको अभियानका क्रममा कञ्चनपुरको बेलडाँडी गाउँपालिका पुगेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बेखुस बनेका छन् ।

अघिल्लो निर्वाचनमा बुहारी बिना मगरले चुनाव जितेको कञ्चनपुरको १ नम्बर निर्वाचन क्षेत्रमा पर्ने बेलडाँडी गाउँपालिकामा आयोजित औपचारिक कार्यक्रममा सहभागी संख्या न्युन भएपछि उनी कार्यक्रमलाई सम्बोधन नै नगरी हिँडेका छन् ।

बेलडाँडी पुगेर उनले सुरुमा गाडीभित्रैबाट कार्यक्रमस्थल हेरे तर सहभागी कम भएपछि उनले गाडीको सिसा बन्द गरेर केहीबेर भित्रै बसे । कार्यक्रम सञ्चालकले पटक–पटक पार्टी अध्यक्ष पुगिसकेका र स्वागत गर्न भनेपछि उनी गाडीबाट ओर्लिएर मञ्चतिर लागेका थिए ।

मञ्चमा खाँदा लगाएर उनी समय नभएको बहाना बनाएर बेदकोटतिर लागेका स्थानीय प्रत्यक्षदर्शीले बताएका छन् । प्रचण्डले कोषसभामा सम्बोधन गर्ने पूर्वनिर्धारित कार्यक्रम थियो ।

नेकपा माओवादी केन्द्र बेलडाँडी गाउँ कमिटीका अध्यक्ष डम्मर शाहले समय नभएका कारण कार्यक्रममा सम्बोधन नभएको दाबी गरे । कार्यक्रममा सहभागी संख्या पर्याप्त रहेको दाबी गरेका उनीसँग फोटो पठाइदिन आग्रह गर्दा फोटो खिच्ने समय नमिलेको प्रतिक्रिया दिए ।

उपलब्ध फोटो र भिडियोमा सहभागी संख्या थोरै र कार्यक्रमका कुर्सी खाली देखिएका छन् । माओवादीले बुधबारै कञ्चनपुरको भीमदत्त नगरपालिकामा ‘तराई–मधेश जागरण अभियान’ अन्तर्गत हुलाकी राजमार्ग केन्द्रित जनसंवाद कार्यक्रमको समापन गरेको छ ।