नेकपा अध्यक्ष प्रचण्ड र बेलायती राजदूतबीच भेटवार्ता


काठमाडौं – नेपालका लागि संयुक्त अधिराज्य बेलायतकी नवनियुक्त राजदूत निकोला पोलिटले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग शिष्टाचार भेटवार्ता गरेकी छन् ।

प्रचण्ड निवास खुमलटारमा बिहीबार बिहान भएको भेटवार्तामा सदियौंदेखिको दुई देशको सम्बन्ध, नेपाली राजनीति, आर्थिक विकास र नेपालको शान्ति प्रक्रियाका बारेमा छलफल भएको थियो ।

भेटमा अध्यक्ष प्रचण्डले नेपालको विकासमा बेलायत र बेलायती जनताले गर्दै आएको सहयोग र खेलेको भूमिका सह्रानीय भएको बताएका छन् । अध्यक्षले भने, ‘नेपाल र बेलायतबीच सयौं वर्षदेखिको मित्रता रहेको छ । तपाईको कार्यकालमा नेपाल र बेलायतको सम्बन्ध अझै प्रगाढ रहने मैले विश्वास लिएको छु ।’

भेटका अवसरमा अध्यक्ष प्रचण्डले नेपाल आर्थिक समृद्धिको अभियानमा रहेको बताउँदै देशको आर्थिक समृद्धिमा बेलायतको सहयोग अपरिहार्य रहेको बताी ।

भेटमा बेलायती राजदूत निकोलाले आफू २० वर्ष पहिले शोधकर्ताका रूपमा नेपाल आएको र अन्नपूर्ण रूटमा ट्रेकिङ गरेको स्मरण गरेकी थिइन् । उनले नेपालको विकासमा बेलायत सरकारको सहयोग रहने विश्वास दिलाइन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement