चितवनबाट सिधै ‘सुकुटे रिसोर्ट’ पुगे प्रचण्ड


काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सुकुटे रिसोर्ट पुगेका छन् ।

शुक्रबार बिहान एयर डायनास्टीको हेलिकप्टर चढेर गृहजिल्ला चितवन पुगका नेकपा अध्यक्ष प्रचण्ड दिउँसो सिन्धुपाल्चोकको सुकुटे पुगेका हुन् ।

चितवनको कार्यक्रम सकेर काठमाडौं फर्किने भनिएपनि प्रचण्ड काठमाडौं नआई शनिबार हुने सुकुटे महोत्सवमा सहभागी हुन सिधै सिन्धुपाल्चोकको सुकुटे गएका हुन् ।

प्रचण्डले सुकुटे महोत्सवलाई सम्बोधन गर्ने कार्यक्रम रहेको प्रचण्डका प्रेस सल्लाहकार बिष्णु सापकोटाले जानकारी दिए । तनाव भयो भने प्रचण्ड आराम गर्न सुकुटे रिसोर्ट पुग्ने गर्छन् ।

पछिल्लो समय नेकपामा वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्य बनाउने कि नबनाउने भन्ने विषयमा विवाद भइरहँदा प्रचण्ड सुकुटे पुगेका हुन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement