दुवै अध्यक्षले दुई दिन भित्र स्थायी कमिटी बैठक बोलाउँछौँः अध्यक्ष प्रचण्ड


काठमाडौं – सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आन्तरिक गृहकार्य नपुगेकाले स्थायी कमिटी बैठक स्थगित भएको बताएका छन् ।

संसद भवन नयाँ बानेश्वरमा कोरोना परीक्षणका लागि स्वाब दिएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले अहिले दुई अध्यक्षबीच छलफल जारी रहेको बताए । प्रधानमन्त्री समेत रहेका अर्का अध्यक्ष केपी शर्मा ओलीसँगको छलफल सकिएपछि दुई दिनभित्र स्थायी कमिटी बैठक बोलाउने तयारी भएको बताए ।

‘अलि गृहकार्य नपुगेकै हो । दुवै अध्यक्षले बैठक एक–दुई दिन भित्र बोलाउँछौँ’, उनले भने ।

स्थायी कमिटी बैठकका एजेन्डा तय गर्न हिजो बोलाइएको सचिवालय बैठकमा सहमति जुट्न नसकेपछि बैठक अनिश्चित बनेको छ ।

अध्यक्ष प्रचण्डले आजै संसद सभाहलको अनुगमन पनि गरेका छन् । अनुगमनका क्रममा प्रचण्डले बैठक ढुक्कसँग बस्न सक्ने वातावरण बनेको बताए ।

‘‘पहिले एक सिट छोडेर बस्ने भन्ने थियो तर अहिले दुई सिट छोडेर बस्न मिल्ने बनाइएको छ । स्यानिटाइजेसन गरेर राम्रोसँग स्वास्थ्य सुरक्षाका उपाय अपनाइएको छ । ढुक्कसँग बैठक बस्ने वातावरण बनेको छ’, अध्यक्ष प्रचण्डले भने ।

प्रतिक्रिया दिनुहोस
Advertisement