बजेटबाट सन्तुष्ट छुः अध्यक्ष प्रचण्ड


काठमाडौं –सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षपुष्पकमल दाहाल प्रचण्डले बजेटबाट सन्तुष्ट रहेको बताएका छन् ।

आर्थिक वर्ष २०७७/७८ को बजेट प्रस्तुत भएपछि प्रतिक्रिया दिँदै दाहालले महामारीको परिस्थितिमा पनि बजेट जनतालाई राहत दिने हिसाबले आएको भन्दै आफू खुसी रहेको जनाए ।

उनले अहिलेको परिस्थिति जटिल रहेको बताउँदै आन्तरिक र बाह्य ऋण सहयोग र राजस्वबाट यसको समाधान गर्दै लानुपर्ने जोड दिए ।

‘कोराना महामारीको यो विषम परिस्थितिमा पनि सन्तुलित, जनतालाई राहत दिने किसिमले सृजनात्मक, प्रगतिशील, जनपक्षीय ढंगले समाजवाद उन्मुख बाटो पक्डिने बजेट आयो, म खुशी छु,’ प्रचण्डले भने ।

अध्यक्ष प्रचण्डले बजेटले निम्न वर्गका समुदायलाई पनि सम्बोधन गर्ने र राहत दिने प्रयास गरेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement