बाँके दुर्घटनाका घाइतेहरुको निःशुल्क उपचार गर्न अध्यक्ष प्रचण्डको माग


काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बाँकेमा भएको सवारी दुर्घटनाबारे दुःख व्यक्त गरेका छन् ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत बाँकेको राप्ती सोनारी गाउँपालिका–२ मा आइतबार राति भएको सवारी दुर्घटनामा १२ जनाको मृत्यु तथा २१ जना घाइते भएका थिए ।

प्रचण्डले भनेका छन्, ‘उक्त दुर्घटनामा निधन हुनुभएकाहरु प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछु ।’ घाइतेहरुको निःशुल्क स्वास्थ्योपचारको लागि उनले माग समेत गरेका छन् ।

लकडाउनको समयमा तीव्र गतिका कारण हुने गरेका यस प्रकारका सवारी दुर्घटना रोक्न सम्बन्धित सबैको गम्भीर ध्यानाकर्षण पनि उनले गराएका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement