६०–४० को आधारमा नभई समान हैसियतमा पार्टी एकता हुन्छ : प्रचण्ड


काठमाडाैँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले र माओवादीबीच ६०–४० को आधारमा नभई समान हैसियतमा पार्टी एकता हुने बताएका छन् । समान हैसियतमा पार्टी एकता गर्न एमाले–माओवादीबीच समझदारी भइसकेको उनले दावी गरेका हुन् ।

बैठकपछि प्रवक्ता पम्फा भुसालले पार्टी एकता समान हैसियतमा हुने अध्यक्षले बैठकलाई जानकारी गराएको बताइन् । यस्तै एमाले जनयुद्ध समेत स्वीकार गर्न तयार भइसकेको भन्दै प्रचण्डले पार्टीको जिम्मेवार भूमिकामा रहेका कुनै पनि नेताहरु एकीकृत पार्टीमा नछुट्टे समेत बताएका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement