राष्ट्रपति भेट्न अध्यक्ष प्रचण्ड शीतल निवासमा


काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका छन् ।

पछिल्लो समय नेकपाभित्र विकसित राजनीतिक घटनाक्रमबारे छलफल गर्न अध्यक्ष प्रचण्ड शीतल निवास पुगेका हुन् ।

नेकपा स्थायी कमिटी बैठक अगाडि अध्यक्ष अ‍ोली र प्रचण्डबीच गोप्य वार्ता भएको थियो । प्रधानमन्त्री अ‍ोली स्थायी कमिटी बैठकमा अनुपस्थित भएपछि प्रचण्ड र ओलीबीच छुट्टै वार्ता भएको थियो ।

स्थायी कमिटी बैठकमा अध्यक्ष प्रचण्डलगायतका नेताहरुले प्रधानमन्त्री ओलीले पार्टी र सरकारबाट राजीनामा दिनुपर्ने बताएपछि नेकपाभित्रको विवाद थप पेचिलो बन्दै गइरहेको छ । प्रधानमन्त्री ओलीले पनि राष्ट्रपतिसँगको भेटवार्तालाई तिव्र बनाइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement