सुवास नेम्वाङसँग प्रचण्डले भनेः एकताको डोरी चुँडिएको छैन


काठमाण्डु – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको विवाद जटिल मोडमा पुगेको बताएका छन् ।

शुक्रबार पार्टी कार्यालय धुम्बाराहीमा सचिवालय र स्थायी कमिटी सदस्यहरुसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले अहिले नै पार्टी एकताको डोरी नचुडिएको बताएका हुन् । संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङसँगको भेटमा अध्यक्ष प्रचण्डले पार्टीभित्रका समस्या समाधान गर्दै जानुपर्ने बताएका छन् ।

‘अहिले नै एकताको डोरी चुँडिएको छैन । केही गम्भीर भनेर सबैको चर्चा छ । तर, डोरी चुडिएको छैन’, प्रचण्डको भनाइ उद्धृत गर्दै उपनेता नेम्वाङले भने, ‘त्यसैले समाधानको बाटो खोज्दै जाऔं । त्यसमा मेरो पनि पनि भूमिका हुन्छ ।’

प्रचण्डसँगको भेटमा नेता नेम्वाङले स्थायी कमिटीले गरेको निर्णय अनुसार पार्टीलाई अगाडि बढाउनुपर्नेमा जोड दिएको बताए ।

अध्यक्ष प्रचण्डले आज महासचिव विष्णु पौडेलसँग पनि छुट्टै भेट गरेका थिए । उनले पार्टीभित्रको समस्या समाधानका लागि नेताहरुलाई सहयोगी भूमिका निर्वाह गर्न आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement